पाकिस्तानलाई चलाउन इमरान खानले लिए यति धेरै ऋण

मंसिर २०, काठमाडौं । पाकिस्तानको अर्थव्यवस्था ट्रयाकमा ल्याउनका लागि प्रधानमन्त्री इमरान खानले चीन र संयुक्त अरब इमिरेट्स जस्ता आफ्नो मित्र राष्ट्रसँग १०.४० अर्ब डलर (करीब ७४ हजार करोड) रुपैयाँ ऋण लिएका छन् ।   

यो ऋण इमरानले विदेशी मुन्द्रा भण्डारको स्थिर गर्न र पुराना ऋण भुक्तानीका लागि लिएका हुन् । गत वर्ष अगष्टमा प्रधानमन्त्री बनेका इमरानले मुलुकको अव्यवस्थित अर्थव्यवस्था ट्रयाकमा ल्याउनका लागि मित्र राष्ट्रसँग ऋण मात्र लिएनन् अन्तर्राष्ट्रिय मुद्रा कोषसँग हारगुहार समेत गरेका थिए ।   

पाकिस्तानको राष्ट्रिय सभामा आर्थिक मामिला विभागका तर्फबाट पेश गरिएको रिपोर्टका अनुसार इमरान सरकारले चीन, संयुक्त अरब इमिरेट्स र यूरोपियन बैंकबाट व्यावसायिक ऋण लिएका छन् । यस्तै कुल ४.८० अब डलर (करिब ३४ हजार करोड) ऋण लिएका हुन् ।   

Image result for इमरान खान

यसबाहेक दुई पक्षीय र बहुपक्षीय ऋण पनि लिएका छन् । पाकिस्तानकाे अर्थ मन्त्रालयले यस वर्ष मुलुकमाथिको विदेशी ऋण बढेर ८८.२० अरब डलर पुगेको सीनेटमा जानकारी गराएको  थियो ।   

वास्तवमा इमरान देशको अर्थव्यवस्था ट्रयाकमा ल्याउन अनेकौं कोशिस गरिरहेका छन् तर सफलता भने मिलिरहेको छैन । उनको सरकारले मुलुकको आर्थिक संकटबाट मुक्तिका लागि अप्रयुक्त सरकारी सम्पत्ति बेच्ने पनि निर्णय गरेको छ।   

पछिल्लो वर्ष सत्तामा आएपश्चात इमरानले प्रधानमन्त्री निवासका कयौँ सवारी साधन, हेलिकप्टर समेत बेचेका थिए । तर यसबाट उनले आशा गरेभन्दा कम मात्रै रकम पाए ।   

पाकिस्तानी मिडियामा शुक्रबार प्रकाशित खबरका अनुसार इमरान सरकार अपेक्षा छ कि बहुमुल्य सरकारी सम्पत्तिको बिक्रिबाट विदेशी र पाकिस्तानी लगानीकर्ता आकर्षित हुनेछन् र मुलुकको वित्तिय अवस्था मजबुत हुनेछ ।   

यद्यपी इमरानका सबै प्रयासहरू सफल भएका छैनन् । पाकिस्तानका नागरिकहरू उच्च मुद्रास्फीतिको शिकार भएका छन्। पाकिस्तानमा मुद्रास्फीति नौ बर्षको उच्च तहमा पुगेको छ। मुद्रास्फीति १२.७ प्रतिशत पुगेको छ । खाद्यान्नको मूल्यमा वृद्धि भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *