२८ आतङ्कवादी मारिए
मकालु खबर
२०७६ मंसिर २२ गते
मंसिर २२ । बुर्किना फासोको सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ आतङ्कवादी मारिएका छन् ।
सुरक्षा श्रोतले शुक्रबार दिएको जानकारीअनुसार देशको उत्तरी क्षेत्रमा भएको हवाई आक्रमणमा परी उनीहरु मारिएका हुन् । उत्तरी यातेन्गा प्रान्तको तिवबाल, किन र येन्सेलागयतका क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सुरक्षाकर्मीहरुले आतङ्कवादीहरुका आश्रयस्थल तथा बन्दोबस्तीका सामग्रीहरु समेत नष्ट गरिएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । बुर्किना फासोमा सन् २०१५ देखि आतङ्वादीहरुको गतिविधि हुदै आइरहेको छ भने पछिल्ला केही हप्ता सुरक्षा कारबाही पनि बढेको छ । एजेन्सी
मकालु खबर
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित