सिद्धार्थ बैंकको २ शाखाहरुको औपचारिक समुद्घाटन

मङ्सिर २६, काठमाडौँ ।  सिद्घार्थ बैंकले बिहिबार धनुषा अवस्थित विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।   

बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक श्री हेम प्रसाद न्यौपानेबाट भएको थियो भने जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री ललित कुमार शाहबाट भएको थियो । 

बैंकले विद्यापति चोक शाखा गत २०७५ फाल्गुण २२ र जनकपुर शाखा २०७५ चैत्र १७ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।   

null

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित, १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९४ ब्त्ः र १,६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *