जापानीको संस्थामा नेपाली अध्यक्ष

मंसिर २२ काठमाडौं । नेपालको वेसबल खेल विकासलागि २० बर्षदेखि सहयोग गर्दै आएको जापानी नागरिकहरुको संस्थामा नेपाली नागरिक अध्यक्ष भएका छन्। 

२१ वर्ष अघि नेपाल घुम्न आएका केही जापानी विद्यार्थिहरुले स्थापना गररेको  गैरसरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारणसभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो। यसअघि क्लबका उपाध्यक्ष रहेका पोखराका थापा जापानको व्यवसायिक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स्’बाट खेल्ने पहिलो नेपाली समेत हुन्। 

यस्तै, क्लबको साधाराणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ। नेपालको तर्फबाट सञ्चालक समितिमा भक्तपुरका रोशन थापा, पोखराका नवराज भुजेल र जापानमा रोजगारी गरिरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल छन्। 

null

२१ बर्षअघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीहरुले पहिलो पटक पोखरा सहरमा वेसबल खेलको सुरुवात गर्दै यस खेलको विकास र विस्तार गर्न संस्था स्थापना गरेका थिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *