बिराटनगरमा जुत्ता चप्पल मेला औपचारीक रुपमा सुरु

पुष १ बिराटनगर । स्वदेशी बस्तुको प्रर्वधन हाम्रो अभियान  भन्ने मूल नाराकासाथ बिराटनगरमा तेस्रो संस्करणको जुत्ता चप्पल मेला २०७६ औपचारीक रुपमा सुरु भएको छ ।   

नेपाली जुत्ता घरले आयोजना गरेको उक्त मेला बिराटनगरस्थित जैन भवनमा मंगलबारबाट सुरु भएको हो । उक्त मेलाको उद्धघाटन  प्रदेश १ का उद्योग, बन तथा पर्यटनमन्त्री  जगदिश प्रसाद कुसयत, विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले संयुक्तरुपमा उक्त मेलाको उद्धघाटन गरेका थिए ।   

उक्त मेलामा नेपालका चर्चित बिभिन्न  ब्राण्डका जुत्ता तथा चप्पल शिखर सुज, वि. एफ. डियर, रन सुज, शु लैण्ड, लैण्ड वाक हाई लाईपल सुज एण्ड स्लीपर लगायतका व्राण्डका जुत्ता चप्पल राखिएको छ ।  भने  मेलामा १ सय रुपैया देखि १० हजार रुपैयाँ सम्मको जुत्ता १५ देखि  ५० प्रतिशत सम्म छुटमा खरिद गर्न सकिनेछ ।   

कतिपय निजी क्षेत्रका व्यवसायीहरुलाई सहभागी गराएर उद्योगी बनाउनका निम्ति, व्यापारी बनाउनका निम्ति कानुनी बाधाहरुले साथ सहयोग दिन नसकेको जुत्ता चप्पल मेला उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा प्रदेश १ का बन तथा पर्यटकमन्त्री जगदिश प्रसाद कुसयतले बताए । बिगतका दिनहरुमा भएका नियम ऐन कानुन संसोधन, सुधार गर्न संघिय सरकार, प्रदेश सरकार साथै स्थानिय सरकार पक्रियमा रहेको कुसयतको भनाई छ ।   

त्यस्तै बिशेष निति राज्यले ल्याउन नसके भोलिका दिनमा स्वदेशमा बसेर उद्योग धन्दा कलकारखान संचालन गर्ने व्यवसायीहरुलाई घाटा पर्ने विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले बताए । निजी क्षेत्रमा घाटा बढ्दै गयो भने  राज्यले सोँचेको आर्थिक समृद्धि  हासिल गर्न नसकिने पराजुलीको भनाई छ ।   

यो विषयमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको ध्यान जान जरुरी रहेको उनले बताए । उक्त कार्यक्रममा बिराट व्यापार संघका अध्यक्ष सुजन थापा, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष बन्दु पोखरेल लगायतले आफ्ना धारणा राखेको थिए । मेला १५ दिनसम्म संचालन रहने र ग्राहकहरुको माग बढेमा पुनः संचालन गरिने नेपाली जुत्ता घरका अध्यक्ष होम नाथ उपाध्यायले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *