भारतकाे पहलमा मे २१ अन्तर्राष्ट्रिय चिया दिवस घोषित
मंसिर २९, काठमाडौं । संयुक्त राष्ट्र महासभाले २१ मे लाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ ।
भारतको सिफारिसमा महासभाले चिया दिवसको घोषणा गरेको हो । भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको थियो ।
अहिले हरेक १५ डिसेम्बरमा चिया उत्पादन गर्ने देशहरुमा अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्छ । यसमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, तान्जानिया र अन्य केही देश सामेल छन् ।
संयुक्त राष्ट्रसंघ महासभाले आफ्नो अधिसूचनामा भनेको छ, ‘हामी ग्रामीण अर्थव्यवस्थामा चियाको योगदानलाई लिएर मानिसहरुलाई जागरुक गर्न चाहन्छौँ ताकि सन् २०३० को सतत विकाससँग जोडिएका लक्ष्य पूरा गर्न सकियोस् ।’
२१ मे मा अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेर यसको उत्पादन र खपतलाई बढावा दिन मद्दत मिल्नेछ जुन ग्रामीण क्षेत्रमा भोक र गरीबीसँग लड्न सहयोगी हुने राष्ट्रसंघले विश्वास लिएको छ ।
संयुक्त राष्ट्रसंघले सबै सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनसँग २१ मेमा चिया दिवस मनाउन अपिल गरेको छ । एजेन्सी