बैंकले ब्याजदर मात्रै हेर्नु हुँदैनः अर्थमन्त्री खतिवडा

मंसिर २०, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले ब्याजदरलाई मात्र हेर्न नहुने बताएका छन् ।   

शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज हुँदै गर्दा एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्रीले खतिवडाले ब्याजदरमा मात्र नभइ पूँजी निर्माणका लागि बैंकका अन्य सूचकहरुमा पनि ध्यान दिनुपर्ने बताएका हुन् ।   

अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्नुभन्दा मध्यकालिन र दिर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने उनको भनाइ छ ।   

Image result for अर्थमन्त्री खतिवडा

उनले ठुलो बैंकले विदेशी वित्तीय संस्थाबाट पूँजी भित्र्याउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृद्धि विकास र सुचना प्रविधिमा लगानी बढाउन समेत आग्रह गरे।   

उनले ठुलो बैंक भएपछि ठुलो परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए। 

ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएपछि देशकै सबैभन्दा ठुलो वाणिज्य बैंक बनेको छ। ठुलो बैंकले अर्थतन्त्रमा विषेश महत्व राख्ने उनको भनाइ छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *