पिता बने कमिडियन कपिल

मंसिर २४, भारत । मंगलबार भारतका हाँस्यकलाकार कपिल शर्मालाई सन्तान प्राप्त भएको छ । एक वर्ष अघी मात्र प्रेमिका गिन्नी चतरथसँग बिवाह बन्धनमा बाँधिएका कपिललाई पहिलो सन्तानको रुपमा छोरी प्राप्त भएको हो ।   

आज बिहान तीन बजेर ३८ मिनेटमा उनको श्रीमती गिन्नीले छोरीलाई जन्म दिएकी हुन् ।  कपिलले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफू बाबु बनेको सार्वजनिक गरेका हुन् ।   

उनले ट्वीटरमा लेखेका छन्  ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु । तपाईंहरुको आशिर्वादको खाँचो छ । सबैजनालाई माया । जय माता दी ।’ 

Image result for कपिल शर्मा

उनको यो ट्वीटमा अहिलेसम्म १४ हजार बढी लाइक्स आइसकेको छ भने ९ सय बढीले रिट्वीट गरिसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *