एक जोडी टर्कीले दिलाएको सफलता…

पुष २ चितवन । नवलपुर जिल्लाको गैडाकोट नगरपालिका २ का किरण प्रसाद कडेंल ७ वर्ष अघि चितवनको नारायणगढ स्थित एक होटलमा खाजा खान पुगे । सोही होटलमा उनले एक जोडी टर्की देखे । उनले टर्कीका बारे सुनेका मात्रै थिए । भौतारिदै हिड्ने कडेंलले वंदेल पालन गर्ने सोच वनाएका थिए । तर कानुनी अड्चनका कारण उनले त्यो व्यवसाय गर्न सकेनन् ।   

उनको ध्यान टर्की तिर गयो । होटलमा देखेको टर्की किन्नकै लागि उनी तीन चार दिन सम्म त्यहाँ पुग्थे । मुल्य नमिल्दा केही दिन लम्विन पुग्यो । होटल साहुले एक जोडी टर्कीको १२ हजार नघट्ने वताएपनि अन्तत १० हजार रुपैयामा कुरा मिल्यो र कडेंलले जोडी टर्की किनेर ल्याए । त्यो जोडीबाट पहिलो लटमा ६० वटा अण्डा उत्पादन भयो । र उनले व्यवसाय विस्तार त्यहीबाट सुरु भयो ।   

चितवनको खैरहनी ४ मा उनले टर्की पाल्न सुरु गरे । केही वर्ष त्यही व्यवसाय गरे । तर अहिले उनको व्यवसाय देशकै नमुना फार्मको रुपमा स्थापित भएको छ । कडेंलले अहिले खैरहनी २ सिमलघारीमा तात्रिवास पशु विकास फार्म तथा कृषि अनुसन्धान केन्द्र प्रालि संचालन गरेका छन् । उनको फार्ममा अहिले टर्की मात्रै छैनन्, व्ल्याक चिकेन (कालो कुखुरा ) पनि छ । अहिले सम्म जग्गासहित ३ करोड बरावरको लगानी फर्ममा गरिसकेका छन् ।   

अनुसन्धान केन्द्र पनि भएकाले उनको फार्ममा दैनिक ३० जना सम्म टर्की र कालो कुखुराका बारे वुझ्न आउने  गरेका छन् । उनको फार्ममा ह्याचरी, ब्रिडिङ, मासु फ्रोजन छ भने, गैडाकोटमा टर्की मिट हाउस छ । यहाँ उत्पादन भएको टर्की गैडाकोटमा दैनिक २० किलो सम्म विक्री हुन्छ । फार्ममा चल्ला उत्पादन हुन्छ, यही चल्ला खरिद गर्न आउँछन्, प्रालिका संचालक कडेंलले भने – यहीको उत्पादित टर्कीको मासु गैडाकोट लगेर विक्री गरिन्छ । फार्मबाट कालो कुखुराको चल्ला मासिक ३ हजार गोटा र टर्कीको चल्ला मासिक ५ हजार ७ सय गोटा उत्पादन हुदै आएको छ ।   

टर्कीको चल्लाको माग अत्याधिक रहेको कडेंल वताउँछन् । टर्कीको चल्लाका लागि माग अनुसार उत्पादन थेग्न सकिएको छैन् कडेंलले भने – चल्ला उत्पादनका लागि भ्याई नभ्याई छ ।  चल्ला विक्रीबाट उनले मासिक १५ लाख रुपैया आम्दानी गर्ने गरेका छन् । खर्च कटाएर मासिक ३ लाख रुपैया सम्म वचत हुने गरेको छ ।   

२१ दिने टर्कीको चल्लालाई ५ सय रुपैया र ३१ दिने कालो कुुखुराको चल्लालाई ५ सय रुपैयामा विक्री गरिदै आएको उनले वताए । टर्कीको मासु प्रतिकिलो ८ सय रुपैया र कालो कुखुराको मासु प्रतिकिलो १ हजार रुपैया पर्दछ । आफ्नो फर्म नेपालकै  ठुलो व्यवस्थित नमुना फार्मको रुपमा रहेको कडेंलको दावी छ । फार्मको लागि प्रदेश सरकारले ८ लाख ४० हजार रुपैया अनुदान दिएपनि वाँकी सवै आफ्नै लगानी रहेको उनले वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *