एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड

मंसिर २४, काठमाडाैं । एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड मिलेको छ । सिएमओ ग्लोवल वल्र्ड मार्केटिङले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लाई नेपाल वेष्ट ब्राण्ड लिडरसीप अवार्ड २०१९ बाट सम्मान गरेको छ ।   

गत वर्ष पनि एलआइसी नेपाललाई यो अवार्डबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था, गैर सरकारी संस्था, होटल, पर्यटन आदि विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।   

कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले सम्मान ग्रहण गर्दै जीवन बीमाको क्षेत्रमा एलआईसी विश्वमै परिचित ब्राण्ड रहेको र नेपालमा पनि बीमितहरुलाई उदाहरणीय सेवा तथा सर्वाधिक प्रतिफल दिन सफल भैरहेको बताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *