मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

एन आई सी एशिया लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न

मंसिर २४, काठमाडाैँ ।  एन आई सी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को दोस्रो साधारण सभा सोमबार सम्पन्न भएको छ ।   

सञ्चालक समितिका अध्यक्ष  अर्जुन राज खनियाको अध्यक्षतामा  यस बैंकको  दोस्रो साधारण सभा ट्रेड टावर थापाथली, काठमाडौंमा सम्पन्न भएको हो ।   

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर (IPO) निष्काशन गर्ने निर्णय गरेको छ ।   

साथै मंसिर २३ गते बसेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ३९ औं सञ्चालक समितिको बैठकले  कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । 

 ढकालले हिजै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको  शपथ ग्रहण गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एन आई सी एशिया लघुवित्तका वित्तीय संस्थाका निवर्तमान अध्यक्ष  अर्जुन राज खनिया लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृयाहरु
Loading...