एकै पटक बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य

मंसिर १७, काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो । 

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको छ ।   

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले वृद्धि भएको मूल्य हिजो सोमबार राति १२ बजेदेखि लागु हुने जानकारी दिएका छन् ।   

Image result for पेट्रोल, डिजेल र मट्टीतेल

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले आइतबार पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको प्रवक्ता गोइतले जानकारी दिए । 

आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *