बिराटनगरमा तेस्रो संस्करणको बिराट फुटवेयर एक्सपो २०७६ हुँदै

मंसिर २९, बिराटनगर ।  स्वदेशी वस्तुको प्रर्वधन हाम्रो अभियान भन्ने मूल नाराका साथ बिराटनगरमा जुत्ता चप्पल मेला आयोजना हुने भएको छ ।   

नेपाली जुत्ता घरले तेस्रो संस्करणको बिराट  फुटवेयर एक्सपो गर्न लागेको हो ।  मंगलबारबाट विराटनगरस्थित जैन भवनमा आयोजना हुने उक्त एक्सपोमा नेपालका चर्चित विभिन्न व्राण्डका जुत्ता तथा चप्पल राखिने नेपाली जुत्ता घरका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।   

उनका अनुसार नेपालका चर्चित ६ वटा व्राण्डका जुत्ता चप्पल प्रदर्शनीमा रखिने छ ।   

आईतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा  शिखर सुज, वि. एफ. डियर सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाई लाईपल सुज एण्ड स्लीपर लगायतका व्राण्डले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।   

उक्त मेलामा ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल एकै स्थानमा हेर्न खरिद गर्न सकिने उपाध्यले जानकारी दिए ।   

मेलामा १ सय रुपैयाँको चप्पल देखि १० हजार रुपैयाँसम्मको जुत्ता खरिद गर्न सकिने र १५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट रहने उनको भनाई छ । उक्त मेलामा अनुमानित एक लाख मानिसहरुले अवलोकन गर्ने आयोजकको दावी छ । उक्त कार्यक्रमको उद्धघाटन पुष १ गते प्रदेश १ का उद्योग, बन  तथा पर्यटनमन्त्री जगदिश प्रसाद कुसयतले गर्नेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *