“भिबोन” ब्राण्डका कुर्सी अब नेपालमा

मंसिर २६, काठमाडौं । मानिसले आफ्नो जिवनकालको औसत दैनिक १० घण्टाको दरले करिब (४०%) कुर्सीमा विताउने गर्दछ । कुर्सीमा बस्ने  बसाई हाम्रो शरीर अनुसार मेल खाएन भने स्पाइनल कर्ड अर्थात कम्मर, घाटी दुख्ने समस्याका साथै शरीरमा रक्त संचारलाई कमजोर पार्दै जान्छ । 

यस समस्यालाइ निराकरण गर्नका निमित्त शोधकर्ताहरुले यसको लागी ईर्गोनोमिक्स कुर्सीको डिजाईन गरेका छन् , जुन हाम्रो शरीरको बनावट अनुसार समायोजन गर्न मद्दत गर्छ । तथा यस प्रकारका समस्याबाट टाढा राख्छ ।   

अन्तराष्ट्रिय शोधकर्ताहरुको संस्था BIFMA बाट ईर्गोनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुर स्थित ब्लुबेल ईर्गोनोमिक्सको “भिबोन” ब्राण्डका कुर्सी अब नेपालमा पनि  उपलब्ध रहेको  छ ।   

चक्रपथ, महराजगंज स्थित हलेशी डेकोरमा कम्पनीले ईर्गोनोमिक्स कुर्सीको अनुभव तथा बिक्री केन्द्र  स्थापित गरेको छ, तथा भविष्यमा देशका अन्य प्रमुख भागहरुमा यस्तो केन्दहरु स्थापना गर्ने योजना कम्पनीको रहेको छ । घर, अफिस तथा अन्य प्रयोजनको लागी ४० भन्दा बढी डिजाईनका भिबोन इर्गोनोमिक्स कुर्सीको अनुभव अब नेपालमा यस कम्पनीले उपलब्ध गराएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *