प्रभु बैंक लि. को कोशी अस्पतालमा एक्स्टेन्सन काउण्टर, सेवाग्राहीलाई बैंकिङ्ग सेवा अस्पतालमै उपलब्ध
पुस १, काठमाडौं । मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं.७ स्थित कोशी अस्पतालमा प्रभु बैंक लि. को एक्स्टेन्सन काउण्टर सञ्चालन भएको छ ।
हिजो मंसिर ३० गते बैंकले कोशी अस्पताल परिसरमा अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.गुणराज लोहनीले एक समारोहकाविच प्रभु बैंक लि. कोशी अस्पताल एक्स्टेन्सन काउण्टरको उदघाटन गरेका हुन् ।
अस्पतालमा सञ्चालित प्रभु बैंक लि. को एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ देखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा अस्पताल पुग्ने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुने छ ।
अस्पतालमा जाने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने व्यवस्था रहेको छ । एक्स्टेन्सन काउण्टर सञ्चालन भएपछि अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत हुने भएकोले प्रशासनिक सहजता प्राप्त हुने बैंकले विश्वास लिएको छ ।
समाजसेवी भावनाले सामाजिक क्रियाकलापलाई निरन्तरता दिएको र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामासमेत उल्लेख्य योगदान पु¥याउने प्रण बैंकले गरेको छ ।