एभरेष्ट बैंकले एसजीसीपीलाई दियो स्कूल भ्यान

मंसिर २०, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धापाखेल, ललितपुरस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।   

एसजीसीपीका प्रमुख कार्यकारी अधिकृत विमल लाल श्रेष्ठलाई संयुक्त रुपमा निर्देशक बाल गोपाल बैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले बैंकका अधिकारीहरु र एसजीसीपीका टोलीहरुको उपस्थीतिमा स्कुल भ्यान हस्तान्तरण गरेका हुन् ।   

एसजीसीपी एक गैर–सरकारी तथा गैर–नाफामुलक संस्था हो जो सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालिका र युवाहरुलाई सहयोग गर्न र उनीहरुका अभिभावकहरुलाई भावनात्मक र व्यवहारिक सहयोग गर्न पूर्ण प्रतिबद्ध छ ।   

ईबिएलले ठुलो संख्यामा ग्राहकहरुको लाभका लागि विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ र ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । 

एभरेष्ट बैंक बेस्ट म्यानेज्ड कमर्सियल बैंक, २०१९ बाट सम्मानित भएको बैंक हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।   

एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाहर्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *