चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित

मंसिर २२, कठमाडौं ।  राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले चार जना वरिष्ठ अनुसन्धानकर्तालाई ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट सम्मानित गरेकोे छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराज मणि पोखरेलले बिहीबार सो पुरस्कारबाट चारजनालाई स्मान गरेका हुन् ।   

सम्मानित हुनेमा प्रा डा परशुराम मिश्र, प्रा डा विद्या श्रेष्ठ, डा श्याम प्रसाद डुम्रे तथा डा प्रतिभा पाण्डेलाई रहेका छन् । उनीहरुलाई जनही १ लाख २५ हजार रुपैंया नगतबाट सम्मान गरिएको हो ।   

कार्यक्रमपछि पुरस्कृत विज्ञहरुसगंको भेटमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुर्याउनु भएकोमा धन्यवाद व्यक्त गरेका थिए । साथै उनले नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा आभार प्रकट गरेका थिए । उक्त पुरस्कारको राशि प्रति व्यक्ति १,२५,००० रुपैंया रहेको छ ।   

null

नास्टको उक्त समारोहमा २६ अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *