क्यान महासंघमा निर्वाचित पदाधिकारीहरुले लिए सपथ

मंसिर २० काठमाडौं । कम्प्युटर एशोसिएसन (क्यान) महासंघ का नव निर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन् ।   

बिहिबार राजधानीमा एक कार्यक्रमका बिच क्यानको १३ औं अधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुले सपथ लिएका हुन् । कार्यक्रममा उनीहरुलाई सम्मान पत्र समेत हस्तान्तरण गरिएकाे थियाे ।  

गएको मंसिर ७ गते भएको अधिवेशनबाट प्रतिष्पर्धी सुनैना घिमिरे पाण्डेलाई पराजित गर्दै कुँवर अध्यक्षमा विजयी भएका थिए । क्यानको केन्द्रिय समितिको ४२ सदस्य मध्ये कुँवर समुहका १४ जना नै निर्विरोध निर्वाचित भएका हुन् ।  

अध्यक्षमा विजयी कुँवरले ५६.१० प्रतिशत मत प्राप्त गर्दा पाण्डेले मात्र ४९.९० प्रतिशत मत ल्याएकी थिइन् । कुँवरको विजयसँगै क्यान महासंघले पहिलो पटक काठमाडौं उपत्यका बाहिरबाट नेतृत्व पाएको छ ।   

क्यानको निर्वाचनमा मोफसलबाट पहिलो पटक कुँवरले नेतृत्व गर्ने अवसर पाएका हुन् । उनी २५ वर्षदेखि सुचना र प्रविधिको क्षेत्रमा काम गर्ने इमान्दार ब्यवसायी तथा सुचना र प्रविधिका क्षेत्रको सफल लिडर हुन् ।   

क्यानको स्थापना कालदेखि नै सक्रिय रहेका कुँवरलाई राजधानीमा मात्र खुम्चिएको क्यानलाई मोफसलसम्म पुर्याएको जस छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *