एन आई सी एशिया बैंकको एकैसाथ दुईवटा नयाँ शाखा सञ्चालनमा

मंसिर २९, काठमाडौं । दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थिति दरिलो बनाउने क्रममा एन आई सी एशिया बैंकले ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ दुई शाखा सञ्चालनमा ल्याएको छ ।   

ललितपुर पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ दरबारमार्ग स्थित दरबारमार्ग शाखा आजबाट सञ्चालनमा आएको हो । मंगलबजार शाखाकोे उद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे उद्घाटन एन आई सी एशिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले गरेका छन । 

यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहकहरुलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । 

null

बैंकले मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिइरहेको छ ।   

यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *