बाग्लुङ्गको हल्लनचोकमा कामना सेवा विकास बैंकको १०८ औं शाखा संचालन
पुस १, काठमाडौं । बाग्लुङ्गको हल्लनचोकमा कामना सेवा विकास बैंक लिमिटेडकोे १०८ औं शाखा विस्तार भएको छ ।
यही मंसिर ३० गते प्रदेश नं.४ अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं.३ स्थित हल्लनचोकमा शाखा विस्तार गरी बैंकले आफ्नो सेवा विस्तार गरेको हो ।
१०८ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको बैंकको बाग्लुङ्गनगर पालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुत रुपमा उदघाटन गरेका हुन् ।
null
बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने जानकारी दिएको छ । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको देशका विभिन्न भागहरुमा १०८ वटा शाखा तथा ५७ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने योजना बैंकले जनाएको छ ।
कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उधोग वाणिज्य संघका अध्यक्ष युवराज भण्डारी, समाजसेवी बलावति शर्मा, गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।