कास्की-२ मा १९ उम्मेदवारको जमानत जफत
मकालु खबर
२०७६ मंसिर १६ गते
मंसिर १६ कास्की । कास्की क्षेत्र नं २ मा २ उम्मेदवार बाहेक १९ उम्मेदवारको जमानत जफत भएको छ ।
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा २१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ
कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिएको थियो । चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको सङ्ख्या छ रहेको छ ।
null
मकालु खबर
२०७६ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित