पुनर्स्थापन केन्द्र्लाई सिद्धार्थ बैंककाे १० लाख सहयाेग

मंसिर २९, काठमाडाैं । सिद्धार्थ बैंकले काभ्रे बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र्लाई दश लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।   

अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र्लाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो ।   

यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा. विवेक बाँस्कोटालाई एक समारोहका बीच प्रदान गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *