आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु
मकालु खबर
२०७६ मंसिर २९ गते
मंसिर २९, अफगानिस्तान । शनिबार बिहान अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागेर २३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।
अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा सुतिरहेका बेला आफ्नै साथीले चलाएको गोली लागेर २३ जनाको मृत्यु भएको प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले जानकारी दिए हुन् ।
यस दर्घटनामा परी घाइते भएका सुरक्षाकर्मीको उपचार भईरहेको स्थानिय प्रहरीले जनाएका छन् ।
मकालु खबर
२०७६ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित