कृषि क्षेत्रमा भविष्य खोज्दै यशोदा राई

मंसिर २०, धरान । दुर्गम गाउँको विद्यालयमा निमावि सम्म पढेर शहरी क्षेत्रमा झरेकी यशोदा राई संघर्ष गर्दै संघीय राजधानी काठमाडौंसम्म स्नातकोत्तर गर्न पुगिन् । यसबीच उनले गैरसकारी संस्थामा जागिर खाँदै पढिन् । महिला हक, हितका लागि काम गरिन् अन्ततः अहिले उनले स्थापना गरेको कृषि सहकारी उत्कृष्ट सहकारी बनेको छ ।   

सहकारी चलाउँदा चलाउँदै उनले कृषि क्षेत्रको समस्या, कृषक मारमा पर्दै आउनुको कारणका बारेमा धेरै अध्ययन गरेकी राईले राज्यबाट उपेक्षीत कृषि क्षेत्रलाई सहकारीको माध्यमबाट टेवा पु¥याउने काममा लागेकी छिन् । उदयुपर जिल्लाको लिम्चुम्बुङ गाउँकी यसोदा राई संघर्ष गर्दै आफ्नो भूमिकाको खाजीमा भौंतारिदै अहिले मोरङ जिल्लामा स्थापित भएकी छन् । उनि अहिले कृषि सहकारी सञ्चालन संगै विराटनगर वडा १८ जतुवा क्षेत्रमा कृषि पर्यटकिय बनको योजनामा काम गरिरहेकी छन् । 

लिम्चुङबुङ देखी गाइघाट, त्यहाँ बाट काठमाडौं हुँदै अन्ततः मोरङको विराटनगरमा आफ्नो कार्यक्षेत्र बनाउन पुगेकी यशोदा भन्छिन् ‘मनिसले गर्न नसक्ने यो संसारमा केही छैन् तर आत्मबल चाहिन्छ र आफ्नो भूमिकाको स्पष्ट पहिचान हुनुपर्छ।’ उनको भनाई जस्तै उनी अहिले उदाहरण बनेकी छन् । यशोदा  अहिले मोरङको विराटनगरमा उत्कृष्ट सहकारी संस्थाकी अध्यक्षको पहिचान बनाउँदै सफल भएकी छिन् ।   

null

विद्यार्थी जीवनमा उनले गाउँमा महिलाहरुको हक हितका लागि आवाज उठाईरहदा पढाई लाई निरन्तरता दिन सहज थिएन् । द्वन्द्वकालको परिस्थितिमा उनले आफ्नो गाउँको स्कुलमा कक्षा ७ सम्म मात्रै पढ्न पाइन् । त्यसपछि उनी उदयपुरको सदर मुकाम गाईघाट झरिन् र एसएलसी र उदयपुर कलेजमा ब्यालचलर सम्मको पढाई गरिन् । जीवनको संघर्षका दिनसंगै उनको उच्च शिक्षा पुरागर्ने धेयले स्नातकोत्तर अध्ययनको लागि संघर्षको  नयाँ मोडको सामना गर्न काठमाडौं लागिन् । काठमाठडौंमा स्नातकोत्तर पढदै एउटा सानो एनजीओमा जागीर गर्न थालिन् । उनी भन्छिन् ‘सायद मेरो बुवाले मलाई छोरी भन्दा पनि छोरालाई झै अध्ययन गर्ने अवसर नदिनु भएको भए आज यो स्थानमा म हुने थिइन् होला ।’ 

उदयपुर जिल्लाको तत्कालिन बलम्ता गाविस हाल लिम्चुबुङ गाँउपालिकामा सामान्य परिवारमा जन्मेकी यसोदालाई छोरी पढे पोईला जान्छे भन्ने मानसिकताले समाजमा खुलेर अध्ययन गर्न गाह्रो थियो । किलोमिटरको हिसाब नहुने त्यो समयमा उनको घरबाट १८ कोष टाढा सदरमुकाममा पढ्न जानु सिसिफस र ढुंगाको कथा जस्तै दिनहरु वबताउनु परेको उनले सुनाइन् । बिकृती, विसंगती, भ्रष्टाचार, बलात्कार र अन्यायले व्याप्त समाजमा संघर्ष गर्दै नकारात्मक कुराहरुलाई चिर्दै उच्च शिक्षा हासिल गरेरै छाडिन् उनले । गाउँबाट सदरमुकाम गाइघाट जान बुवाले उनलाई ठूलो आँट र भरोसा दिएको उनि आजपनि संझिन्छिन् । 

पढाईसंगै सामाजिक कार्यमा रुचि रहेको उनले २०४८ मा गाइघाटको चेलिबेटी क्लबको अध्यक्षको कार्यभार सम्हाल्दै महिला हकहित र गरिब समुदायको लागि काम गर्ने आफ्नो यात्रा आरम्भ गरिन् । सामाजिक कार्यमा पनि एउटी महिलाले अनेकौ चुनौती भोग्नुपर्ने उनी सुनाउँछिन् । उदयपुरमा २१ वर्षको उमेरमा चेलिबेटि क्लबद्धारा बाटो निर्माण कार्य गर्दा सोहि स्थानका व्यक्तिहरुले क्लबलाई मुद्दा हाल्दा उनी अध्यक्षको हैसियतले पुनारावेदन अदालत सम्म धाएकी थिइन् ।  अन्ततः उनै राईले आफनो जिन्दगीको लडाईमा जित पनि हासिल गरिन्। उनी भन्छिन, ‘हुन त मान्छेलाई कि समस्याले कि त सपनाले डो¥याउछ मलाई यहाँसम्म मेरो सपनाले नै डोर्याएको हो ।’ 

एउटा गाउँ बाट उदयपुर र त्यहाँ बाट काठमाडौं र हाल प्रदेश १ को राजधानी विराटनगरमा ईष्टर्न स्टार कृषि सहकारी संस्थालाई दिनरात डो¥याउन यशोदा अहिले पनि संघर्षरत छिन् । उनले सहकारी संस्था सम्म आईपुग्नका लागि मोबिल्याण्ड ग्रुप अफ कम्पनिमा ठुलै योगदान समेत गरेकी छिन् । यसोदा मोरङ जिल्लानै कृषिका लागि उपयुक्त ठाँउ लागेको बताउँदै भन्छिन् ‘जिल्लामा कृषिको ठूलो सम्भावना छ, कृषि क्षेत्रमा काम गरेर कृषकको जीवनस्तर उठाउनु अहिले मेरे जीवनको ध्येय बनेको छ ।’ २०७१ सालमा नेपाल सरकारले नीजि बनको लागि ऐन बनाउँदैछ भन्ने थाहा पाएपछि यशोदा सोही सूचनाको आधारमा कृषिका लागि उपयुक्त स्थान खोज्दै मोरङ आइपुगेकी हुन् । 

यहाँ उनले कृषि बनका लागि सम्भावना रहेको ठाउँ भएको देखिन् र मोरङमा नै कृषि व्यवसाय साथै कृषि सहकारी संस्था संचालन सुरु गरिन् । उनको योजना अनुसार कृषि क्षेत्रले पनि पर्यटनलाई भित्र्याउन सक्छ भन्ने रहेको छ । विराटनगर वडा १८ जतुवा क्षेत्र स्थित उनको योजना क्षेत्रमा जडिबुटी, साना साना कटेजका साथै माछा पोखरीहरु समेत राख्न सके कृषि पर्यटन फष्टाउन सक्छ । नेपाल भ्रमणका लागि आउनेहरुले कृषिका लागि अध्ययन अनुसन्धानको केन्द्रको रुपमा प्रस्तुत गर्न उनि योजनामा लागेकी छन् । यसैले उनी कृषिमा केन्द्रित ईष्टर्न स्टार सहकारीको शेयर सदस्य बनिन् र गत भदौबाट १० जना नयाँ कर्मचारी नियुक्ति गरी सहकारी संचालनमा ल्याईन । सहकारी अहिले उत्कृष्ट र सफल संस्थाको रुपमा सञ्चालन भैरहेको छ । 

उनी भन्छिन् ‘राज्यबाट दिइने अनुदान असली कृषकले पाएका छैनन्, न उनीहरुको उत्पादनले सही मुल्य पाउने गरेको छ ।’ त्यसैले पनि कृषिको क्षेत्रमा विश्वासीले वित्तिय संस्थाको आवश्यकता बढेको छ । इष्र्टन स्टार सहकारीमा कृषकको आकर्षण बढ्नुको कारण पनि त्यही हो भन्ने उनको भनाई छ ।उनका अनुसार अहिले इष्टन स्टारमा २ जना शेयर सदस्य छन् ।  उनी भन्छिन ‘कृषिमा मूल्य निर्धारण नहुनको कारण नै कृषि प्रधान देश नेपालमा कृषि उत्पादन घट्दै गएको हो ।’  नेपालमा भित्रिएका अधिकांश तरकारी, चामल, माछा देखि लिएर सम्पूर्ण सामान भारतबाट निर्यात हुने भएकाले राज्यले कृषकलाई सहि मूल्य निर्धारण गर्न नसक्नु दुर्भाग्यपुर्ण छ । 

उनका अनुसार कृषिलाई राज्यले अनुदान घोषण गरेता पनि देशका वास्तविक कृषकहरुले उक्त अनुदानको लाभ पाएका छैनन् । पछिल्लो समय एकातिर राज्यले पनि बैंकलाई कृषिमा लगानी गर्ने नियम बनाएको छ । तर अर्को तिर कृषकले उत्पादन गरेको बस्तुको मुल्य मुनाफाखोजी, भ्रष्ट व्यापारीहरुको हातमा छोडि दिँदा कृषकहरुले लगानी समेत उठाउने मूल्य पाएका छैनन् । यसै बिषयले आफुलाई सधै चिन्ता र चासो रहने गरेको बताउँर्दै भन्छिन् ‘कृषि क्षेत्रलाई संरक्षण गर्न राज्यले व्यवसायीक कम्पनीहरु सञ्चालन गर्न आवश्यक छ ।’ सरकारले कृषि उत्पादनको मुल्य निर्धारण गरेर मात्र हुन्न, त्यस्को व्यापार मुनाफाखोर व्यापारीको हातमा खुल्ला छोडेसम्म कृषक र कृषिको भलो नहुने उनको कथन छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *