युनिक सहकारीको एकै दिन दुई सेवा केन्द्र विस्तार

मंसिर २० चितवन ।   चितवन जिल्लाकै सर्वाधिक कारोवार गर्दै आएको युनिक वचत तथा ऋण सहकारी संस्थाले शुक्रवार एकै दिन दुई बटा सेवा केन्द्र विस्तार गरेको छ । समुदायमा आधारित सफल,उत्कृष्ठ एवंम् व्यवसायीक रुपमा संचालित सो सहकारीको खैरहनी नगरपालिका ८ पर्सा र कालिका नगरपालिका ६ खोलेसिमलमा एकै दिन एकै समयमा सेवा केन्द्र उद्घाटन गरिएको हो । युनिक सहकारीको जिल्लाभर सेवा क्षेत्र रहेको छ ।   

रत्ननगर नगरपालिका २ मा मुख्य कार्यालय रहेको सो सहकारीको थप दुई शाखा विस्तारसंगै सेवा केन्द्रको संख्या ५ पुगेको छ । यसअघि जिल्लाको नारायणगढ,जयमंगला र पदमपुरबाट सेवा प्रवाह गर्दै आईरहेको थियो । खोलेसिमल वजारमा सहकारीका संचालक प्रेमकृष्ण खनालको अध्यक्षतामा कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले सेवा केन्द्रको उद्घाटन गरेका थिए भने पर्सामा सहकारीका संचालक सुरेन्द्रनाथ रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी ८ का वडाध्यक्ष टेकवहादुर थापा क्षेत्रीले सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।   

युनिक सहकारीले चालु आर्थिक वर्षमा १ अर्व २५ करोड आर्थिक कारोवार गर्ने लक्ष्य लिएकोमा हाल सम्म १ अर्व १३ करोड रुपैया बराबरको कारोवार गरिसकेको सहकारीका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले वताए । गत आर्थिक वर्षमा ९० करोड बराबरको कारोवार गरेको थियो ।   

null

वि.सं. २०७४/७५ मा स्थापना भएको युनिक सहकारीको हाल ८ हजार २ सय ३ जना शेयर सदस्य छन् । सहकारीको चुक्तापुँजी १० करोड २२ लाख,जगेडा तथा संस्थागत कोष ७ करोड ७४ लाख,ऋण सुरक्षण कोष ३ करोड ५७ लाख रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत लामिछानेले वताए । संस्थाले प्रदेश नं. ३ को भूमी ब्यबस्था तथा कृषि सहकारी मन्त्रालयबाट स्वीकृत लिएर अगाडी वढेको भन्दै निकट भविष्यमा रत्ननगर १६ पिठुवा र रत्ननगरको सौराहामा समेत सेवा केन्द्र विस्तार गर्ने योजना वनाएको छ । चालु वर्ष देखिीनै एटिएम सेवा पनि ब्यवस्था गरिने संस्थाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *