नवलपरासीको रानीनगरमा एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा

मंसिर १९, काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासीको रानीनगरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।   

बैंकले आज (बिहीबार) नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आफ्नो ४४ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।   

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रितम गुरुङ्ग र वडा नम्बर ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीको संयुक्त उपस्थितिमा सम्पन्न भएको थियो ।   

उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।   

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् ।   

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने बैंकको विश्वास छ । 

यस किसिमको सेवाबाट सेवाबाट स्थानीयहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने छन् ।   

बैंकले हाल मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९९ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *