‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सर्वसाधरणसँग रकम असुल्ने पक्राउ

मंसिर २०, काठमाडौँ । जनकपुरमा प्रहरीले सडकमा हिँडीरहेको मानिससँग सर्लाहीको लालबन्दीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै पैँसा असुल्न खोज्ने एकलाई पक्राउ गरेको छ ।   

गएराती जनकपुर उपमहानगरपालिका २४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल गर्ने मानिससँग पैसा उठाउँदै गरेको अवस्थामा उनलाई  ज।२ प ७३२४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।   

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।  हाल पक्राउ परेका चौधरीमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।  

Image result for रकम असुल्ने पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *