तपाईलाई कसैले साँचो माया गरेको हो कि झुटो माया गरेको यसरी पत्ता लगाउनुस्

मंसिर २४ । अहिलेको सूचना र प्रविधीको युगमा यो लभ भन्ने विज्ञान निकै फस्टाएको छ । किनभने अहिले बाबा आमा र आफन्तहरु गर्ने माया त छर्दै छ । तर यहा एक प्रेमी र प्रेमिकाले गर्ने माया कुरा गर्न लागिरहका छौ ।  

जहाँ भनिन्छ , मायामा , जातभात ,सानोठुलो हेरिदैन् । यदि परि हालेमा एकले अर्कालाई ज्यान दिन समेत पनि पछि पदैन् । त्यसैले कतिले मायाको जालमा फसेर आत्माहत्या पनि गरेको खबर बेलाबेलमा सञ्चारमाध्यमहरुमा आउछन् । 

तर अहिलेकाे विकाससगै हरेक कुरामा एक न एक स्वार्थ हुने गर्छ । यदि कुनै केटाले केटीलाई मन पराउछ भने त्यो भित्र पनि शारिरिक अर्कषण या अन्य केही चिज हुनसक्छ । त्यस्तै केटीले पनि केटाको धनसम्पत्ती या केही चिजको स्वार्थले मायाको नाटक गरेको हुनसक्छ । त्यसैले विचार गर्नुस् । कही तपाईको माया पनि झुटो त होइन् । एक चोटी यो सूत्र लगाएर चेक गर्नुस् । 

Image result for love

-पहिलो सूत्र हो , के तपाईंको जीवनसाथीले सधै शारीरिक सम्बन्धलाई महत्व दिन्छ । त्यसो भए यो मायामा पनि केही स्वार्थ छ भन्ने सोच्नुस् । तर माया शारिरिक सम्बन्ध पनि महत्वपूर्ण पाटो हो । तर यो कहिलेकाही हुन्छ । यदि शारिरिक सम्पर्क पछि उसले तपाईलाई ध्यान दिदैन भने यो पनि एक सकेंत हो । मायामा त सबै हुनुपर्छ । 

-दोस्रो सूत्र भनेको तपाई दुवै जना प्रेमीप्रेमी एकअर्कामा शारिरिक रुपमा मात्र नभएर भावनात्मक रुपमा पनि कुरा मिलेन भने यो पनि एक सकेंत हुनसक्छ । किनभने केही समयको आर्कषणले मात्र पनि जीवन चलदैन् । त्यसका लागी एक अर्कामा सधैभरि सामित्यता हुन आवश्यक छ । 

-अर्को तेस्रो कुरा यदि उसले तपाईकोे बाहिरी सुन्दरतालाई मात्रै पनि हेरको छ भने यो पनि झुटो हो । किनभने कतिपय मानिसहरु बाहिरी सुन्दरताको कारण मात्र पनि मन पराउछन् ।यो कुरा पनि केही समयमा नै थाहा हुन्छ । 

-र अन्तिम कुरा भनेको यदि तपाई कुनै समस्यामा पर्नु भएको छ भने तपाईको पार्टनरले त्यो कुरालाई कस्तो रुपमा लिन्छ । यदि उसले समस्याको समाधान तिर गएमा, थाहा हुन्छ कि यो साचो प्रेम हो । यदि उसले हासोको रुपमा मात्र लिन्छ भन्ने यो पक्का स्वार्थ हो । त्यसैले विचार गर्नुस् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *