सुनचाँदीकै भाउ घट्यो, हेर्नुस् आजको भाउ

मंसिर २४, काठमाडौँ । मंगलबार सुनको भाउमा तोलमा  २ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

सोमबार प्रतितोला  ७१ हजार  कायम भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कायम भएको तेजावी सुनमा  पनि आज तोलमा २ सय घटेर प्रतितोला ७० हजार ५ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

Related image

मंगलबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ घटेर प्रतितोला ८ सय ३० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *