जलेको अवस्थामा शव फेला, एक पक्राउ

मंसिर २२, विराटनगर । आईतबार बिहान बिराटनगरमा  एक ७० वर्षे बृद्ध जलेको अवस्थामा मृत भेटिएका छन् ।   

प्रहरीका अनुसार विराटनगर २ शनिहाटमा गएराति ग्यास लिक भएर आगलागी हुँदा ७० वर्षीय यप्रसाद दाहाल जलेको अवस्थामा मृत भेटिएका हुन् ।   

बिराटनगरमा एक्लै बसेका उनी जलेको अवस्थामा मृत भेटिएपछी घटना गराएको आशंकामा प्रहरीले एक जनालाई समेत नियन्त्रणमा लिएका छन् ।   

Image result for जलेको अवस्थामा शव

घटनास्थलमा कोशी ग्यासको सिलिण्डर र ग्यासको पाइप जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजूले जनाएका छन् ।   

उनका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।  बिहान दाहाललाई भेट्न राधेश्याम दराक आएका थिए । जयप्रसादले ढोका नखोलेपछि छिमेकी बोलाएर हेर्दा जलेको अवस्थामा शव भेटिएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *