एन आई सी बैंक र फुडमान्डुबीच सम्झौता

मंसिर २७, काठमाडौँ ।  एन आई सी एशिया बैंक लिमिटेड र फुडमान्डु प्रा. लि. बीच एक सम्झौता भएको छ ।   

यस बैंक र फुडमान्डुबीच बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधि मार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको हाे । उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्ने छन् । 

यस सम्झौतासँगै सीमित अवधिका लागि एन आई सी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोड मार्फत् भुक्तानी गर्दा २५% वा अधिकतम् रु ४००/ सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठज्यूले हस्ताक्षर गरे ।   

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *