कामना सेवा विकास बैंकको १०७ औं शाखा भङ्गालमा

मंसिर ३०, काठमाडौँ ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो  १०७ औं शाखा भङ्गालमा शुभारम्भ गरेको छ । 

यस बैंकले प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं०८ स्थित भङ्गालमा आईबार आफ्नो १०७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।   

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *