सर्लाहीको बयलबासमा प्रभु बैंकको नयाँ शाखा

मंसिर १९, काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ ।   

आज (बिहीबार) सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ६ स्थित बयलबासमा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको १९९ शाखा पुगेको छ ।   

बैंकको बयलबास शाखा कार्यालयको उद्घाटन एक कार्यक्रमका बिच ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरे । शाखा उद्घाटन गर्दै उनले बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।   

बैंकको बयलबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

बैंकको बयलबास शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *