१३ औँ सागः भारत र पाकिस्तान पुरुष भलिबलको फाइनलमा प्रवेश

मंसिर १६, काठमडौँ । भारत र पाकिस्तान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई तथा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरेको हो ।   

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई २७–२५, २५–१९, २१–२५ र २५–२१ अङ्कले पराजित गरेको थियो । अर्को सेमिफाइनलमा पाकिस्तानले बङ्गलादेशलाई २५–१५, २५–२१ र २६–२४ अङ्कले हराएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *