सरकारलाई सघाउँदै चित्रसेन बन

मंसिर २३, चितवन ।  चितवन रत्ननगर ८ स्थित चित्रसेन मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले आम्दानी अनुसार आफ्ना उपभोक्ताहरुलाई प्रत्यक्ष लाभ हुने गरि काम गर्दै आएको छ ।   

सो बनले सरकारले गर्दै आएका विभिन्न कामहरु गर्ने गरेको छ । चित्रसेन बनका अध्यक्ष पुष्पराज श्रेष्ठका अनुसार सुत्केरी पोषण अनुदान, जेष्ठ नागरीक सम्मान, एकल महिला सम्मान, स्वास्थ्य बीमा, सुधारिएको चुलो, सोलार जडानमा अनुदान, किरियाका लागि लाग्ने दाउराको खर्च, बिवाहका लागि दाउरा, भ्याक्सिनेसन, बालीनाली क्षतीपूर्ती आदीमा खर्च गर्ने गरेको छ ।  

त्यस्तै सिंचाई, कालोपत्रे निर्माणका लागि अनुदान, शैक्षिक गुणस्तर वृद्धीका लागि सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई अनुदान, टोल विकासको लागि छुट्टै अनुदानको व्यवस्था गर्दै आएको वनका अध्यक्ष श्रेष्ठले बताए । वनको मुख्य आम्दानीको श्रोत डुंगा संचालन र हात्ती प्रवेशबाट संकलन भएको रकमले प्रत्यक्ष उपभोक्ता र समुदयको हितमा लगानी गर्दै आएको छ । हाम्रो संस्था मुनाफा बाड्ने गर्दै अध्यक्ष श्रेष्ठले भने ‘आम्दानी भन्दा बढी खर्च समुदायकै हितमा लगानी गर्दै आएको छौ’ ।  

गत आर्थिक २०७५/७६ मा उपभोक्ता राहत स्वरुप २० लाख ७९ हजार, सामुदायिक विकास तर्फ २८ लाख १६ हजार, संरक्षण शिक्षा विकास तथा स्वास्थ्यमा १५ लाख ४ हजार, टोल विकासका लागि ७९ लाख १७ हजार रुपैयाँ लगानी गरेको छ ।  

गत आर्थिक वर्षमा डुंगा संचालनबाट १ करोड ३० लाख, हात्ती प्रवेशबाट ७१ लाख २५ हजार, काठ बिक्रीबाट १२ लाख ३४ हजार रुपैया आम्दानी गरेको बनका कार्यालय सचिव कृष्ण आचार्यले जानकारी दिए । वनको सोमवार आयोजित १ औं वार्षिक साधारण सभामा बनले गरेका क्रियाकलापहरु, आम्दानी, खर्चको विवरण प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा संरक्षणकर्मीहरु बासुदेव ढुंगाना, अशोक दराई, विनोद बस्नेत, अशोक चौधरी, शिव प्रसाद आचार्य, बलराम चौधरी, सन्तराम गुरुङलाई प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डे, प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, वनका अध्यक्ष पुष्पराज श्रेष्ठले दोसल्ला ओढाई प्रसंसा पत्रले सम्मान गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *