चीनमा सुरुङमा थुनिएर १४ को मृत्यु, दुई अझैँ सुरुङभित्रै फसे
मकालु खबर
२०७६ पुस १ गते
पुष १, चीन । मंगलबार चीनको एक कोइला खानीको सुरुङमा थुनिएर १४ जना कामदारको मृत्यु भएको छ भने दुई जना अझैँ सुरुङ भित्रै फसेका छन् ।
चीनको दक्षिण पश्चिमी ग्वान्झाउ प्रान्तको कोइलाखानीमा मंगलबार बिहान साढे एक बजे भएको यस घटनामा सात जना कामदारको भने सकुशल उद्धार गरिएको छ ।
खानीका कामदारहरु सुरुङमा फस्नुका साथै त्यहि बेला अत्याधिक मात्रामा ग्यास लिक पनि भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
यस दुर्घटनामा फसेकाहरुका उद्धार कार्य जारी रहनुको साथै घटनाबारे थप अनुसन्धान भईरहेको स्थानिय प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित