रोजी स्वेल बेलायतबाट दौडेरै नेपाल आउँदै, १२ देश पार गरिसकिन्

मंसिर २९, काठमाडौं । बेलायतकी ७३ वर्षे वृद्धा रोजी स्वेल पोप बेलायतबाट दौडेरै नेपाल आउँदैछिन् । यसो गरेर उनी च्यारिटीमार्फत् भूकम्प पीडित परिवारलाई मद्दत गर्न चाहन्छिन् ।   

अहिले उनी इस्तानबुल पुगेकी छिन् । रोजीका अनुसार उनले सन् २०१८ मा ‘रन रोजी रन’ अभियानअन्तर्गत संसारभरी दौडन सुरु गरेकी थिइन् । अहिलेसम्म उनले १२ देश पार गरिसकेकी छिन् । 

रोजीले भनेकी छिन्, ‘म कुन रात कहाँ सुत्छु भनेर मलाई कहिले पनि थाहा हुँदैन । म कहिलेकाँही मैदानमा सुत्छु र कहिले गल्लीमा पनि । बिहान उठ्छु र पुनः दौडन सुरु गर्छु । म ती व्यक्तिहरुलाई भेट्छु जसलाई मैले कहिले पनि भेट्ने छैन ।’ 

दैनिक २० किलोमिटर दौडन्छिन्ः 

रोजीले टर्की हुँदै काठमाडौंको यात्रा गर्न लागेको इन्स्टाग्राममा जानकारी दिएकी छिन् । उनी हरेक दिन २० किलोमिटर दौडन्छिन् र मानिसहरुसँग मद्दत लिन्छिन् । उनी एक ट्रली बाँधेर दौडिन्छिन् जसमा उनलाई आवश्यक पर्ने सामान राखिएका हुन्छन् ।   

रोजी आफूलाई एक सामान्य ज्येष्ठ नागरिकको रुपमा चिनाउँछिन् तर उनले संसारभरी सम्बन्ध स्थापित गर्दै हिँड्छिन् । आफ्नो यात्राका लागि रोजी भन्छिन्, ‘यो जीवनलाई केही बढी दिने तरिका हो । किनभने तपाईं संसारमा आउन र योभन्दा बाहिर जानका लागि प्रतिक्षा गर्न सक्नुहुन्नँ ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *