प्रभु बैंक र गोर्खा सत्याग्रहबीच स्पेशल सेभिङ्ग खाता सञ्चालन सम्बन्धी सम्झौता

  

मंसिर २३,काठमाडौँ । सोमबार ललितपुर महानगरपालिका वडा नं. १४, मान भवन स्थित गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंक लि. बीच एक सम्झौता भएको छ ।  बैंक र गोर्खा सत्याग्रहबीच ब्रिटिस सरकारको सैनिकस सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको प्रभु स्पेशल सेभिङ्गखाता सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको हो ।   

गोर्खा सत्याग्रह समिति, नेपालकातर्पmबाट अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आज एक समारोहका बिच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

 गोर्खा सत्याग्रह समिति नेपाल खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भूतपुर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशिल रहेको गैरसरकारी संस्था भएकोले गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैंक लिमिटेडको कमलादी शाखा कार्यालयमाआप्mनो नाममा खाता खोली कारोबार गर्ने छ र गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले पनि प्रभु बैंक लिमिटेडको जुनसुकै शाखा कार्यालयबाट प्रभु स्पेशल सेभिङ्ग खाता खोल्न सक्नेछन् ।   

गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले प्रभु बैंकमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधंै प्रभु बैंकमा रहेको सम्बन्धित खाता धनीको खातामा जम्मा हुनेछ ।   

प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथा भूतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । हालको लागि वार्षिक ६.५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ । 

युपिआई कार्डको सेवा शुल्क (पहिलो वर्षको लागिमात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट,गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्ग दर्ता गर्दा लाग्ने सेवा शुल्क निःशुल्क प्राप्त हुनेछ । यो सम्झौता बमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपुर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राप्mट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५०% छुट समेत प्राप्त गर्नेछन् । 

साथै, स्पेशल प्रभु सेभिङ्ग खातामा सम्बन्धित सैनिकको पहिलो पटक पेन्सन जम्मा हुन साथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा रु. ५ लाख रुपैयाँ  मध्ये जुन कम हुन्छ सो रकम सम्म व्यक्तिगत कर्जा शीर्षक अन्तर्गत विना धितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *