हिंसा न्यूनिकरण गर्न विद्यालय कक्षा संचालन गर्नु पर्नेमा जोड

मंसिर २४, चितवन ।   कुनै पनि हिंसा न्यूनिकरणका लागि विद्यालयमा शिक्षा दिनु पर्ने सुझाव दिदै खैरहनी नगरपालिकामा संचालित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलवार सकिएको छ । प्रत्येक विद्यालयमा हिंसा सम्वन्धी कक्षानै संचालन गर्नु पर्ने सरोकारवालाहरुले बताए । 

१६ दिने अभियानमा संचालन गरिएको कार्यक्रमको समापनसँगै आयोजित समिक्षा कार्यक्रममा उनीहरुले हिंसा न्यूनिकरणका लागि विद्यालय स्तरमा कक्षा संचालन गर्नु पर्ने बताएका हुन् । विद्यार्थी मार्फत सन्देश प्रवाहमा तीव्र हुने भएकाले प्रत्येक साता एउटा कक्षा हिंसा सम्वन्धी दिईनु पर्ने खैरहनी नगरपालिकाकी कार्यपालिका सदस्य शान्ती चौधरीले बताईन् ।  

खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले हिंसा न्युनिकरणका लागि नगरपालिकाले प्रत्येक विद्यालयमा एक जना शिक्षक फोकल पर्सनको रुपमा तोकेको बताईन् । समाजका अगुवाहरु , सरोकारवाला संघसंस्था तथा सबैको सहकार्यमा तल्लो स्तर सम्म सचेतना फैलाउन सके पनि हिंसा न्युनिकरण हुने उपप्रमुख थपलियाको विश्वास थियो ।  

समिक्षामा अभियानका क्रममा कार्यक्रम गरेका सहकारीका प्रतिनिधीहरुले आफ्नो कार्यक्रम र त्यसले पार्ने प्रभावका बारे जानकारी गराएका थिए । खैरहनीमा मंसिर ९ गते कठार स्थित मुसहर बस्तीमा दिप प्रज्वलन गरेर अभियानको सुरुवात गरिएको थियो । खैरहनी नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङका अनुसार नगरपालिकासँगै नगर भित्र रहेका बिभिन्न महिला सहकारीहरुले लैंगिक हिंसा सम्वन्धी प्रत्येक दिन कार्यक्रम गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *