मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेपाली युवा प्रकाशमणी भारतमा सम्मानित

मंसिर २६, काठमाडौं । लामो समयदेखि पिछडा वर्गको उत्थानमा लागेका नेपाली युवक भारतमा सम्मानित भएका छन् । 

सप्तरीमा जन्मिएका प्रकाशमणी राउतलाई नेशनल एनटी क्राइम्स एण्ड ह्युमन राइट्स काउन्सिल अफ इन्डियाले मंगलबार भारतमा सम्मान गरेको हो । 

राउतलाई काउन्सिलका अध्यक्ष देवास लामा र उपाध्यक्ष सैकात हुसैन मिर्जाले गोल्ड प्लेट वितरण गरेका हुन् । 

null

राउतले यसअघि पनि भारतका विभिन्न संघ संस्थाहरुबाट अन्तर्राष्टिय स्तरको पुरस्कार पाइसकेका छन् । उनी नेपालमा पिछडा वर्ग विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् । उनी लामो समयदेखि सामाजिक काममा क्रियाशील छन् । 

राउतसँगै वाबुराम अर्याल पनि सोही पुरस्कारबाट सम्मानित भएका छन् । अर्याल फिल्म निर्देशक तथा समाजसेवी हुन् ।  सो कार्यक्रममा नेपालसहित भारत, मलेसिया, श्रीलंका, इन्डोनिसेसिया लगायतका ११ देशका युवा सहभागी बनेका थिए । 

प्रतिकृयाहरु
Loading...