न्यूरो हस्पिटल विराटनगरको निःशुल्क स्वास्थ्य शिविरमा विरामीको घुँइचो
मंसिर १६, विराटनगर । न्यूरो हस्पिटल विराटनगरले धनकुटाको जोरपाटीमा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण गरेको छ । धनकुटाको जोरपाटी गाँउपालिकामा हस्पिटलले निःशुल्क औषधि वितरण र स्वास्थ्य शिविर सञ्चालन गर्दा स्वास्थ्य परिक्षणमा उक्त क्षेत्रमा उल्लेख्य जनताको सहभागिता रह्यो ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटी गाँउपालिकाको संयुक्त आयोजनामा शनिबार आयोजित शिविरमा ७ सय ६१ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएको छथर जोरपाटी गाँउपालिकाले जनाएको छ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी डा। कृष्ण बहादुर घिमिरेले समेत शिविरको अवलोकन गर्दै धनकुटा जिल्लामा स्वास्थ्य शिविर ल्याएकोमा न्युरो हस्पिटल परिवारलाई धन्यवाद दिए । न्यूरो हस्पिटलका ६३ जना स्वास्थ्यकर्मीको टोलीसँगै वरिष्ठ न्यूरोलोजिस्ट डा। बिरेन्द्रकुमार विष्ट समेत ग्रामीण भेगमा स्वास्थ्य सेवा प्रदान गर्न उपस्थित भएका थिए ।
उक्त स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलका वरिष्ठ डाक्टरहरु न्यूरो सर्जन डा। यम बहादुर रोका, अर्थोपेडिक सर्जन डा। नविन कुमार कर्ण, फिजिसियन डा। केशर बहादुर गुरुङ, रेडियोलोजिष्ट डा। रोशन कोइराला, नेत्र रोग विशेषज्ञ डा। नारायणी रोकाले स्वास्थ्य परिक्षण गरेका थिए । यसैगरी दन्तरोग विशेषज्ञ डा। अमित प्रताप साह, बाल रोग विशेषज्ञ डा। सुरेश प्रसाद साह लगायतका विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण गरेका थिए ।
स्वास्थ्य शिविरमा छथर जोरपाटी गाँउपालिकाका अध्यक्ष शेर बहादुर लिम्बुले न्यूरो हस्पिटल समाज प्रति सदैव उत्तरदायी रहेको भन्दै अगामी दिनमा समेत यस्ता शिविरहरु राख्ने प्रतिवद्धता जनाए । उक्त शिविरमा न्यूरो सम्बन्धी, महिलाको आङ खस्ने समस्या, महिनावारी, डाइबिटिज, फिजियोथेरापी, दन्त रोग, बालबालिकामा लाग्ने बिभिन्न रोग तथा हाड जोर्नीको विरामीहरुले स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा १ सय १३ जनाको इसिजि, तथा ५ सय ५३ जनाको सुगरको जाँच गरिएको न्यूरो हस्पिटलका हस्पिटल डाइरेक्टर इं। रंजित राज बस्नेतले बताए । न्यूरो हस्पिटलले सामाजिक उत्तरदायित्व अन्र्तगत १ नं प्रदेश तथा २ नं प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटटराईले बताए ।
शिविरमा मेडिकल अफिसरहरु डा। ज्योत्सना पराजुली, डा. अमित चौधरी लगायत ६३ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरेका थिए ।