भुटान इतिहास रच्दै सागको फाइनलमा, नेपाललाई फाइनल पुग्न अंक जाेड्नै पर्ने दवाव

मंसिर २१, काठमाडौं । फिफा बरियतामा नेपाल भन्दा तल रहेको भुटानले इतिहास रच्दै सागको फाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकामाथि शानदार जित हात पार्दै भुटान १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको हो । 

शनिबार भएको समूह चरणको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ३–० ले पराजित गर्यो । साग इतिहासकै उत्कृष्ठ फर्ममा रहेको भुटान स्वर्ण पदकको लक्ष्य सहित प्रतियोगितामा सहभागी भएको हो ।   

आजको खेलमा भुटानलाई जित दिलाउने क्रममा पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो । भुटानले ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । 

Image may contain: 1 person, playing a sport, stadium and outdoor

यसअघि नेपाल पनि माल्दिभ्सलाई २–१ ले पराजित गर्दै फाइनल नजिक पुगेको थियो । भुटानको जितपछि अब नेपालले अन्तिम लिग खेलमा बंगलादेशसँग कम्तिमा १ अंक जोड्नुपर्ने भएको छ । बंगलादेशसँग पराजित भएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । 

अंक तालिकामा भुटान ४ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपालको ३ खेलमा ७ अंक छ भने बंगलादेशको समान खेलमा ४ अंक रहेको छ । माल्दिभ्स र श्रीलंका ४ खेलमा २–२ अंक जोड्दै बाहिरिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *