रत्ननगर महोत्सव पुष अन्तिम साता हुने

मंसिर १९ चितवन । प्रत्येक दुई वर्षमा आयोजना हुदै आएको रत्ननगर महोत्सव यस वर्ष आउँदो पुषको २५ गतेदेखी सुरु हुने भएको छ । चितवनको रत्ननगर नगरपालिका संरक्षक रहने गरि रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुदै आएको छ ।   

यस वर्षको १० औं संस्करण पुष २५ गतेदेखी माघ ७ गते सम्म संचालन हुने आयोजक रत्ननगर उद्योग वाणिज्य संघले विहीवार चितवनको सौराहामा पत्रकार सम्मेलन गरि जानकारी गरायो । महोत्सवमा व्यवसायिक कृषि र पर्यटन प्रवद्र्धनलाई जोड दिईएको छ । यस वर्षको नारा रत्ननगर महोत्सव हाम्रो पहिचान व्यवसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान तय गरिएको छ ।   

नारा अनुसार यस वर्षको महोत्सवमा कृषि र पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिईएको महोत्सवका संयोजक एवंम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले वताए । महोत्सव १२ दिन सम्म टिकौली चौरमा संचालन हुने महोत्सवमा कृषि प्रर्दशनी तथा प्रतियोगिता,ताजा तरकारी,च्याउ,थोपा सिंचाई प्रविधि,केरा,माछा,दुग्धजन्य पदार्थ,निशुल्क माटो शिविर,पोल्ट्री,महसंगै कृषि तथा पशुजन्य व्यवसायलाई विषेश जोड दिदै तिनीहरुको छुट्टा छुट्टै परिसरको समेत महोत्सवमा व्यवस्था मिलाईएको संयोजक रेग्मीले वताए ।   

null

चितवनको प्रमुख पर्यटकीय स्थलहरु सौराहा, देवघाट, सिराईचुली,उपरदाङगढी,कामिनचुली,परेवाकोट,विस हजारी ताल,माडीको पाँच पाण्डव लगायतको हेलिकप्टरबाट अवलोकन गर्न सकिने महोत्सवका संयोजक रेग्मीले जानकारी दिए । अवलोकनका लागि प्रत्येक व्यक्ती ४ हजार ५ सयदेखी ५ हजार रुपैया सम्म शुल्क लाग्ने उनले वताए । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई समेत यो कार्यक्रमले टेवा पुर्याउने आयोजकको विश्वास छ । महोत्सवमा चीन,भारत,वंगलादेश,पाकिस्तानका उत्पादन र प्रविधिको समेत प्रर्दशनी गरिने छ ।   

महोत्सव अवधिभर कुल ५ लाख दर्शकले अवलोकन गर्नुका साथै ५० करोड रुपैया बराबरको कारोवार हुने अपेक्षा गरिएको संघका निवर्तमान अध्यक्ष एवंम् महोत्सवका आर्थिक समिति संयोजक ज्ञानवहादुर विसुरालले वताए । महोत्सवमा करिव ५ सय वटा स्टल रहनेछ । महोत्सव अवलोकनका लागि सर्वसाधरणलाई रु ५० र विद्यार्थीलाई रु २५ शुल्क लाग्ने आर्थिक समिति संयोजक विसुरालले वताए । महोत्सव अन्र्तगत पुष २९ गतेदेखी माघ ४ गते सम्म रत्ननगरको टाँडी चोकमा चिकेन एण्ड एग फेस्टिवल समेत आयोजना गरिने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *