विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर
मकालु खबर
२०७६ पुस १ गते
पुस १, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१रुपैयाँ ०१ पैसा रहेको छ ।
मकालु खबर
२०७६ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित