‘फेसअफ प्लस टु’ को फाइनल मंसिर २३ मा

मंसिर १६, काठमाडौं । ग्रेस इन्टरनेश्नलले प्रस्तुत गरेको ‘फेसअफ प्लस टु २०१९’ का प्रतियोगिले आ आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । सुनौलो सन्सार म्यानेजमेन्टद्वारा आयोजित ‘फेसअफ प्लस टु’को दोस्रो संस्करणमा सहभागी भएका प्रतियोगिले ट्यालेन्ट शो अन्तर्गत आफूमा भएको प्रतिभा प्रस्तुत गरेका हुन् । 

किशोर किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने यो प्रतियोगितामा किशोरतर्फ १८ जना र किशोरीतर्फ १४ प्रतियोगिले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगिले नृत्य, गीत, कविता, अभिनय, आर्टलगायतका आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । 

प्रतियोगिताले किशोर तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाका निर्देशक नारायण थापाले बताए । 

null

अहिले व्यक्तित्व विकास सम्बन्धि दैनिक विभिन्न तालिम लिइरहेका प्रतियोगिहरु यही मंसिर २३ गते अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका छन् । प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *