मौसमी प्रणाली कमजोर हुँदै, आजदेखि मौसममा सुधार आउने

पुष २०, काठमाडौँ । आइतबारदेखि मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसममा आजदेखि सुधार आउने महाशाखाले बताएको छ । शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले  मौसमविद्को भनाई छ ।   

हाल देशको पहाडी भूभागलगायत उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति देशको उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

भोलि देशको उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मङ्गलबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *