केरा एक परिकार अनेक, महोत्सवमा लिन पाईन्छ यसको स्वाद

माघ ६, चितवन । केराको मःम, केराको चिप्स, बुंगाको अचार, केराको पकौडा, झट्ट सुन्दा केराबाट यि चिज बन्छ भन्दा तपाईले सायद विश्वास गर्नु हुदैन । हो यि र यस्तै परिकार अहिले जुनसुकै मेला महोत्सवमा पाईन्छ ।   

रत्ननगर महोत्सवबाटै यस्ता परिकार चाख्ने सुरुवात भएको थियो । टिकौली चौरमा सञ्चालन भईरहेको १० औं संस्करणको रत्ननगर महोत्सवमा केराबाट बन्ने परिकारको खाएर मज्जा लिन सकिनेछ । महोत्सव परिसरमा यस्तै केराका परिकार पाईने स्टल रहेका छन् ।   

चितवन केरा उत्पादक संघले मार्कण्य केरा उत्पादक कृषि सहकारी संस्थाको सहयोगमा केराका परिकार पाईने स्टल राखेको छ । चितवन केरा उत्पादक संघका महासचिव बेदप्रसाद भट्टराईका अनुसार स्टलमा केराबाट बनाईएको मःम, चिप्स, बुंगाको अचार, पकौडा, केराको कोसाबाट बनाईएको अचार विक्रीका लागि राखिएको छ ।   

ति परिकारको प्रति प्लेट एक सय रुपैयाँ पर्दछ । ‘केरा स्वास्थ्यका लागि लाभदायक छ ।’ महासचिव भट्टराईले भने –‘साहाकारी, मांसहारी सबैले यसबाट बनेका परिकार स्वादिलो मानेर खान्छन् ।’ 

यसको स्वाद लिईसकेकाले पनि खाने गरेको भन्दै महासचिव भट्टराईले पहिलो पटक खाएकाहरुले स्वादिलो रहेको प्रतिक्रिया दिने गरेकोे बताए । महोत्सवमा आएकाहरु कतिपयले दोहोर्याएर केराका परिकार खाने गरेको उनको भनाई छ ।   

शनिवार र सोमवार अन्य दिनको तुलनामा अत्याधिक केराका परिकार विक्री हुने गरेको छ । भट्टराईका अनुसार राष्ट्रिय कलाकार आएको वेला शनिवार र सोमवार एकै दिन १ लाख ३० हजार सम्मको कारोवार भएको छ । अन्य दिन ८० हजारको हाराहारीमा केराका परिकार विक्री हुने गरेको छ ।   

केराको स्टलमा चितवन केरा उत्पादक संघ र मार्कण्य केरा उत्पादक संघका पदाधिकारी ५ जना आफै खटिरहेका छन् भने १७ जना कर्मचारी ज्यालादारीमा राखिएको छ । उनीहरुलाई काम अनुसार ८ सयदेखी २ हजार रुपैयाँ सम्म दैनिक ज्याला दिने गरेको महासचिव भट्टराईले बताए ।   

चितवन केरा उत्पादनको हिसावले अग्रणी जिल्लाको रुपमा रहेको छ । चितवनमा करिव ३ हजार विगाहा क्षेत्रफलमा करिव ८ सय कृषकले केराखेती गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *