दुई छोरा र श्रीमतीसहित विनय किन हामफाले त्रिशुलीमा ?

माघ ३, काठमाडौं । छोराको पास्निकालागि ससुराली हिँडेका एक दम्पत्तिले  ५ महिना र २ वर्षका दुई छोरासहित  बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका थिए । 

धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम फालेका मध्ये पति विनय लामिछानेको प्रहरीले जीवितै उद्धार गरेको छ भने, उनकी पत्नी जमुना रेग्मी लामिछाने मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । 

काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको थिए जसमध्ये दुई छोराको अवस्था भने अझै अज्ञात रहेकोप्रहरीले जनाएको छ ।   

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित ससुराली जान  काठमाडौंबाट हिंडेका थिए । उनीहरु गाडी गुड्ने पक्की पुलको सट्टा झोलुङ्गे पुलबाट फर्कंदै थिए । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा रहेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यापारमा ठूलो घाटा भएपछि लामिछाने परिवार तनावमा थिए । कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

सकुसल उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा रहेको र घटनाबारे उनीसँग सोधपुछको क्रम जारी प्रहरीले जानाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *