एक करोड रुपैंयासहित दीपक पक्राउ, पाँच अर्ब लुट्ने योजना असफल

पुष २०, काठमाडौँ । कृषि विकास बैङ्क ह्याक गरेर एक करोड रुपैंया लिएर फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ  गरेको छ । मोरङ्गको रङ्गेली नगरपालिका–२ बस्ने ४२ वर्षीय दीपकलाई माहनगरीय प्रहरी अपराध महाशाखाको टोलीले पुष १८ गते पक्राउ गरेको हो ।   

उनले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका थिए । सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैङ्क ह्याक गरी रकम निकालेका थिए । 

महाशाखाका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।   

कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।   

यसअघि यस प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ । 

कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको थियो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा दुई जना पक्राउ परेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *