सिटिजन्स बैंकले ल्यायो ‘सिटिजन्स कोसेली निक्षेप योजना’

माघ १३, काठमाडौँ ।  सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सूविधा दिदैं आएको सिटिजन्स बैंकले ग्राहकलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारम्भ गरेको छ । 

यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना (९० महिना) पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंकले देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट पाँच लाख भन्दा बढि ग्राहवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेकाे छ ।  

Image result for सिटिजन्स बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *